बैतडीमा क्वारेन्टिनमा खाना पकाउने भान्सेको मृत्यु

बैतडी ।  क्वारेन्टिनमा खाना पकाउने भान्सेको मृत्यु भएको छ। शनिवार बैतडीको दशरथचन्द नगरपालिका –६ का ५३ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

मृतक २ महिनादेखि दशरथचन्द नगरपालिका –४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेकाहरुलाई खाना पकाउने काम गर्थे। शनिबार बिहान ११ बजे घरमा एक्कासी बिरामी भएपछि उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै उनले मृत्यु भएको प्रहरीले जनाएको हाे ।

उहाँको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर धनगढी पठाइने जिल्ला अस्पताल बैतडीले जनाएकाे छ । अहिले शव व्यवस्थापन बारे छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयाे ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?