इप्रकाद्धारा गोकुलेश्वरमा मास्क बैंक स्थापना

दार्चुला । इलाका प्रहरी कार्यालय गोकुलेश्वरले मास्क बैंकको स्थापना गरेको छ । नेपाल रेडक्रस सोसाइटी र शैल्यशिखर नगरपालिकासितको समन्वयमा इलाका प्रहरी कार्यालयले गोकुलेश्वरमा मास्क बैंक स्थापना गरेको हो ।

मास्क बैंकमा १६०० मास्क रेडक्रस सोसाइटीले उपलब्ध गराएको प्रहरीले जनाएको छ । देशव्यापी रूपमा संचालन भइरहेको मास्क अभियान अन्तर्गत मास्क बैंकको स्थापना गरिएको हो । मास्क बैंकबाट गोकुलेश्वर बजारमा विना मास्क आवतजावत गर्ने तथा विपन्न मानिसहरूलाई वितरण गरिने इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख एबं प्रहरी निरीक्षक अरुण बमले बताउनुभयो ।

दार्चुला जिल्लाभरी शनिबारदेखि मास्क अभियान सञ्चालन गरिको छ । निमित्त प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीको अध्यक्षतामा जिल्ला कोभिड १९ व्यवस्थापन समिति (डिसिसिएमर्सी) दार्चुलाको बैठक बसी मास्कको प्रयोग अनिवार्य गर्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने/गराउने लगायत निर्णय समेत गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अगामी शुक्रवारसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुलनाराका साथ अभियान सञ्चालन गरिरहेको छ । दार्चुला जिल्लामा पनि सबै स्थानीय तह, स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल लगायत सम्पूर्ण सरोकारवाला निकायले मास्कको महत्तबारे सचेतनामुलक कार्यक्रम गरी मानिसको व्यवहार परिवर्तन गर्न मास्क अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो ।

कोरोनाको संक्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी आम नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने/गराउने निर्णय भएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?