सुनको भाउ ओरालो, ८९ हजारमा कारोबार

दार्चुला । सुनको भाउ आज पनि घटेको छ । आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा झरेको छ । हिजो पनि सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको थियो ।

विश्वमा रोजगारी बढेसँगै सुनको कारोबारमा असर परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार कोभिड १९ का कारण रोजगारी गुम्दा विश्वमा सुनमा लगानी बढेको थियो । तर, पछिल्लो समय रोजगारी बढ्दै गएकाले सुनमा लगानी गर्नेभन्दा पनि सुन बिक्री गर्नेहरु बढेका उहाँले बताउनुभयो ।

रोजगारी नहुँदा आयस्रोतको रुपमा सुनमा धेरैले लगानी गर्ने हुँदा भाउ पनि बढ्दै जाने शाक्यले बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझै घट्ने सम्भावना देखिएकाले नेपालमा पनि सुनको भाउ फेरि घट्ने अनुमान गरिएको छ। पोहोर कोभिड १९ का कारण भएको लकडाउन पछि नेपालमा सुनको भाउ महँगो हुँदै गएको थियो ।

गएको साउन महिनामा भाउ बढेर सुनको भाउ तोलामा एक लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । त्यसयता भनेर भाउले नयाँ रेकर्ड बनाएको छैन । यस्तै, आज चाँदी पनि तोलामा २५ रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?