दार्चुला । प्रधान सेनापति पूर्णचन्द्र थापाले कायममुकायम प्रधान सेनापति बलाधिकृत रथी प्रभुराम शर्मालाई नेतृत्व हस्तान्तरण गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको कार्यक्रममा प्रधानसेनापति थापाले शर्मालाई जिम्मेवारी हस्तान्तरण र औपचारिक बुझबुझारथ गर्नुभएको हो ।
आउँदो भदौको २५ गतेदेखि सेवानिवृत्त हुन लाग्नुभएका प्रधानसेनापति थापा आज सोमवारदेखि बिदामा बस्न लागेकाले नेतृत्व हस्तान्तरण गर्नुभएको हो ।
गएको साउन १७ गतेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापति नियुक्त गर्नुभएको थियो ।
ज्येष्ठताका क्रममा रहनुभएका शर्मालाई साउन २६ गतेदेखि लागू हुने गरी कायममुकायम नियुक्त गर्न सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया