भूमि आयोग विघटनविरूद्धको रिटमा सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश

दार्चुला । सर्वोच्च अदालतले सरकारलाई भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरूद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्चको वेवसाइटमा उल्लेख भएअनुसार अधिवक्ता प्रवेश केसीले दिएको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सोमबार यस्तो आदेश गरेको हो।

भूमि आयोग विघटन गर्नुपर्ने कारण पनि पेश गर्न आदेश दिएको छ। साथसाथै अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

सरकारले गत मंगलबार भूमि आयोग विघटन गर्ने निर्णय गरेको थियो। यो निर्णयविरूद्ध अधिवक्ता केसीले सर्वोच्चमा निवेदन दिएका थिए।

मुद्दाका दुबै पक्षको छलफलपछि यो मुद्दाको निष्कर्षमा पुगिने भएकाले भूमि आयोग विघटनको सुनुवाइ लम्बिने देखिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?