दार्चुला । लेकम गाउँपालिका वडा नम्बर १ सर्मोली घर भइ हाल मालिकार्जुन गाउँपालिकामा लेखापाल पदमा कार्यरत पुष्करसिंह बिष्टले जन्मदिनको अवसरमा जागृति युवा समाजलाई पाँच हजार एक रुपैँया आर्थिक सहयोग गर्नुभएको छ ।
बिष्टले जागृति युवा समाज सर्मोली अन्तरगत सोमबार (आज) ५००१ राशीको सामाजिक सहायता कोष स्थापना गरि नगद सहयोग हस्तान्तरण गर्नुभएको हो । सामाजिक सहायता कोषमार्फत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने उद्धेश्य रहेको समाजका प्रतिनिधि दिपक बिष्टले जानकारी दिनुभयो ।
जन्मदिनको अवसरमा कोष स्थापना गरी पाँच हजार एक सहयोग गर्नुभएका बिष्टले अगामी प्रतेक जन्मोत्सवमा पाँच/पाँच हजार आर्थिक सहयोग गर्ने घोषणा समेत गर्नु भएको छ ।
सामाजिक सहायता कोष स्थापना गरी आर्थिक सहयोग गरेकोमा बिष्टलाई जागृत युवा समाज सर्मोलीले जन्मदिनको शुभकामनाका साथै उज्जल भविष्यको कामना समेत व्यक्त गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया