दार्चुला । लगातारको वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको महाकाली लोकमार्ग खुलाइएको छ।
राजमार्ग अन्तर्गत बैतडीको सतबाँझदेखि गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा आज बिहानैदेखि आवतजावत बन्द भएको थियो।
दुईवटा जेसीबी प्रयोग गरी पहिरो पन्छाएपछि राजमार्ग खुलेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।
पहिरो पन्छाएसँगै राजमार्ग पूर्ण रूपमा सञ्चालमा आएको र रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया