रिठाचौपातामा विप्लप समुहको कार्यक्रम सम्पन्न

दार्चुला । नेकपा विप्लप समुहले माल घटनाको सत्यतथ्य छानविन गर्न सरकारसंग माग गरेको छ । विप्लप मंगलबार लेकम गाउँपालिका वडा नम्बर ५ मा रहेको लटिनाथ नमुना माबि चौपातामा एक कार्यक्रमको आयोजना गर्दै भारतीय सम्राज्यबादको बिरुद्धमा केन्द्रित हुँदै माल घटनाका दोषिलाई कारवाही हुनुपर्ने र पीडितले न्याय पाउनुपर्ने माग गरेको छ ।

संगठन सुदृढिकरण तथा जनसम्बन्ध विस्तार राष्टिय अभियान अन्तरगत विभिन्न ठाउँमा कार्यक्रमको आयोजना भइरहेको विप्लप समुहले जनाएको छ । विप्लव समुहका जिल्ला पार्टी सचिव भरत मल्लको प्रमुख आतिथ्यतामा आयोजित अभियानमा भारतीय सम्राज्यबाद मुर्दाबाद, लिपुलेक कालापानी हाम्रै हो, नेपालीको हत्या हिसां बन्द गर जस्ता नारा लगाइएको विप्लप निकट अखिल क्रान्तीकारी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष भुवन जोशीले बताउनुभयो । माल घटनापछि बिप्लप समुह घटनास्थल पुगेको थियो । सो समुहले नेपाली छानविन टोली भारतीय बाटो भएर घटनास्थल गएपछि नेपालतर्फबाट घटनास्थलमा आउन माग गर्दै नाराबाजी समेत गरेको थियो ।

गत विहिबार नेपाल सरकारले गठन गरेको छानविन समिति भारततर्फबाट एसएसबीकै सुरक्षामा घटनास्थल गएपछि विप्लप समुहका जिल्ला सचिव भरत मल्ल नेतृत्वको समुह र स्थानीयहरुले नाराबाजी गर्नुका साथै नेपालतर्फबाट ढुगां समेत हानेका थिए । आफुहरुले एसएसबी र भारतीय ज्याजतीको बिरुद्धमा घटनास्थल पुगेर बिरोध जनाएको र पीडित परिवारसंग समेत भेटघाट गरेको कुरा चौपातामा आयोजित कार्यक्रममा समेत जानकारी गराएका छन । विप्लप समुहका जिल्ला सचिव मल्लको नेतृत्वमा आयोजित कार्यक्रममा जनसेवक सन्ध्या, अञ्जली, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष भुवन जोशी र लटिनाथ नमुना माबिका शिक्षक विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?