नौगाडमा कृषि र पशु प्राविधिकलाई क्षमता अभिबृद्धि तालिम

दार्चुला । कृषि, पर्यटन, जलउर्जा, पुर्वाधार विकासमा हाम्रो जोड, स्वस्थ्य, शिक्षित रोजगारमुलक, समृद्ध नौगाड निर्माणमा हाम्रो अठोट भन्ने मुल नाराका साथ यहि साउन २४ गतेदेखि शुरु भएको गाउँपालिका स्तरीय कृषि तथा पशु प्राविधिकहरुका लागी तीन दिने क्षमता अभिवृद्धि तालिम बुधबार सम्पन्न भएको छ ।

तालिममा पशु प्राबिधिकहरुलाई Urea Molasses Mineral Block, Hay treatment with Urea, Silage बनाउने तरिका सन्बन्धी सीप सिकाइएको छ । कार्यक्रममा नौगाड गाउँपालिका भित्र पशुहरुमा देखिएको समस्या तथा समाधानका उपायबारे समेत छलफल गरिएको नौगाडबाट रेडियो लोकदर्पण समाचारदाता प्रकाशसिंह धामीले जानकारी दिनुभयो । कृषि प्राबिधिकहरु लाई माटोको नमुना संकलन, माटो परिक्षण (PH, N,P,K), नर्सरी बेर्ना बनाउने, Bordeaux mixture, Bordeaux paste, Pheromone trap installment, Cutting, Grafting, Layering सम्बन्धी सीप सिकाइएको छ ।

तालिमको अन्तिम दिन मंगलबार माटोको नमुना परीक्षण र बोर्डो मिश्रण/बोर्डो पेन्ट बनाउने तरिका सम्बन्धि प्रयोगात्मक अभ्यास गरिएको उहाँले बताउनुभयो । नौगाड गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ का लागि पशुपालन र पशु व्यवसायलाई आधुनिकरण गर्दै यस क्षेत्रलाई प्रोत्साहन गर्न गाउँपालिकामा कृषि र पशु सम्बन्धि विज्ञ जनशक्ति (Msc./Bsc. Animal Science) नियुक्त गरेको छ । कृषि र पशुमा नयाँ नयाँ खोज, अनुसन्धान, नयाँ प्रबिधिको बिकास सहित कृषिमा आत्मनिर्भर बन्ने सङ्कल्पका साथ गाउँपालिकाले कृषि र पशु बिज्ञको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिनुभयो ।

गाउँपालिका स्थापना भएदेखि नौगाड गाउँपालिकाले प्रतेक वडामा कृषि प्राबिधिकहरुको ब्यवस्था गरेको छ। कृषि र पशुमा आत्मनिर्भर बन्न सके समग्र गाउँपालिका नै बिकास र समद्धिको दिशामा अगाडि बढ्छ, अध्यक्ष धामीले भन्नुभयो, अहिले गाउँपालिकामा व्यावसायिक ड्रागन खेतिको सुरुवात गरेका छौँ । गाउपालिकाको अनुदानमा नौगाड–६ मलानमा ग्रिनल्यान्ड कृषि तथा पशु फार्मद्वारा उक्त ब्यबसाय सुरुवात भएको हो । त्यस्तै गाउँपालिकाको सहयोगमा नौगाड–१ मा ब्यबसायिक स्याउ खेती, नौगाड–२ दल्लेख र नौगाड–५ बसरमा ब्यबसायिक तरकारी खेतिको सुरुवात भएको गाउँपालिकाले जनाएको छ । विभिन्न समयमा RVWRMP सङ्गको सहकार्यमा पोलिहाउस बितरण, बिउबिजन बितरण, विभिन्न विषयमा तालिम, कृषि तथा पशु सिबिर जस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन् । कृषि क्षेत्रको सुधार तथा आधुनिकिकरणको यो अभियानमा सम्पुर्ण नौगाडबासी आम-जनसमुदायबाट निरन्तर साथ र सहयोगको अपेक्षा गरेको नौगाड गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो ।

नौगाड गाउँपालिका कृषि तथा पशु अधिकृत महेन्द्र सिंह धामीको अध्यक्षतामा उद्घाटन भएको तालिममा नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिका उपाध्यक्ष गौरी देवी ठगुन्नाको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रितम सिंह ठगुन्ना, विषयगत शाखा प्रमुख तथा प्रतिनिधि, गाउँपालिका स्तरीय कृषि तथा पशु प्राविधिकहरुको सहभागिता रहेको थियो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?