दार्चुला । मास्क अभियान कार्यान्वयन गराउन दार्चुला प्रहरीले सक्रियता देखाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले मास्क नलगाइ हिडडूल गर्ने व्यक्तिहरुलाई मास्क वितरण गरिरहेको छ । प्रहरीले कोरोना संक्रमणबारे सचेतना फैलाउदै मास्क वितरण गरिरहेको प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
मंगलबार स्वास्थ्य कार्यालयको समन्वयमा महाकाली नगरपालिका–४ स्थित टेलिकम चोकमा चेक पोइन्ट स्थापना गरि मास्क नलगाइ हिड्नेहरुलाई कोरोना संक्रमणबाट बच्ने उपाय र अपनाउनुपर्ने सावधानीबारे सचेत गर्दै दुई सय थान मास्क वितरण गरिएको उहाँले बताउनुभयो । इलाका प्रहरी कार्यालय गोकुलेश्वरले मास्क बैंकको स्थापना गरी मास्क नलगाइ हिड्ने मानिसहरु र विपन्न व्याक्तिहरुलाई मास्क वितरण गरिरहेको छ ।
सरकारले कोरोना संक्रमणको रोकथामका लागि मास्कको महत्व तथा मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले सुरु गरेको साताव्यापी अभियान अन्तरगत दार्चुलाका स्थानीय तहहरु, स्वास्थ्य तथा सुरक्षाकर्मीहरु ऐक्यबद्धता जनाउदै मास्क वितरण अभियान सञ्चालन गरिरहेका छन् ।
कोरोना संक्रमणको जोखिम बढ्न थालेपनि मानिसहरु लापरवाही गर्दै मास्क नलगाइ हिडडुल गरिरहेकोले सचेतना अपनाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया