दार्चुला । दार्चुलाका ३६ हजार बढी नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार ३६ हजार ७७९ जना नागरिकले कोरोना भाइरस विरुद्धको विभिन्न खोपको पहिलो मात्रा लगाएका हुन्।
गत वर्षको माघ १४ गतेबाट दार्चुलाका ९ ओटै स्थानीय तहमा खोप लगाउन सुरु गरिएको थियो। हालसम्म भेरोसिल खोपको पहिलो मात्रा लगाउने १४ हजार ५२५ जना र कोभिसिल्ड खोपको पहिलो मात्रा लगाउने १७ हजार ३१५ जना रहेका छन्। भेरोसिलको दोस्रो मात्रा २ हजार ३५१, कोभिसिल्डको दोस्रो मात्रा २ हजार ६७९ र जोन्सन एण्ड जोन्सन खोप ४ हजार ९३९ जनाले लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ।
दार्चुलामा हालसम्म ३० प्रतिशतले कोरोनाविरुद्धको खोप लगाउन पाएका छन् । प्रदेशबाट प्राप्त खोपलाई सबै स्थानीय तहमा वितरण गरेर लगाउने काम भइरहेको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया