दार्चुला । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्ति पत्र दिनुभएको छ ।
घिसिङलाई केही बेरमा नेपाल विद्युत् प्राधिकरणमा स्वागतको कार्यक्रम रहेको छ ।
मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने र वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा लैजाने निर्णय गरेको हो ।
प्राधिकरण स्रोतका अनुसार शाक्यले हिजो मङ्गलवार प्राधिकरणमा पुगेर अनौपचारिक रूपमा विभागीय प्रमुखलगायतसँग भेटघाट गरी बिदा लिनुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया