दार्चुला-तिकंर सडकलाई राष्ट्रिय गौरबको योजनामा राख्न सासंद ठगुन्नाको माग

दार्चुला । पूर्वमन्त्री एबं प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले दार्चुला तिकंर सडकलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न माग गर्नुभएको छ । महाकाली करिडोर, दार्चुला–तिंकर सडकलाई यथासक्य चाँडो कालोपत्रे गरि यातायात संचालन गर्न प्रयाप्त बजेट बिनियोजन गर्न समेत सासंद ठगुन्नाले माग गर्नुभयो । चालु आर्थिक बर्षको बजेटमा छुट्याईएको १ अर्ब ३ करोड बजेट नपुग हुने भएकोले थप बजेट बिनियोजन गर्न उहाँले माग गर्नुभएको हो ।

दार्चुला तिकंर सडक कालोपत्रे गर्न बहुबर्षिय ठेक्का स्विकृतिको फायल भौतिक योजना मन्त्रालय मार्फत राष्ट्रिय योजना आयोगमा पुगेकोले अबिलम्ब ठेक्का प्रक्रिया शुरु गर्नुपर्ने उहाँको माग छ । पुर्वमन्त्री ठगुन्नाले दार्चुला तिकंर सडक आर्थिक, धार्मीक, व्यापारीक र पर्यटकीय दृष्टिकोले महत्तपुर्ण भएकोले तिब्रताका साथ निर्माण गर्नुपर्ने बताउदै आउनुभएको छ । आफु मन्त्री भएकोबेला खलंगादेखि सुन्सेरासम्म कालोपत्रे गर्न र सुन्सेरादेखि माथिल्लो भागमा सडकको ट्र्याक खुलाउन बहुबर्षिय ठेक्काको फाइल तयार भएको बताउदै उहाँले भौतिक योजना मन्त्रालयमा पुगेको फाइल छिटो अगाडी बढाइ काम शुरु गर्न वर्तमान सरकारसंग माग गर्नुभयो ।

उहाँले दार्चुला जिल्लाको मालघाँट तुईन घटनाको अनुसन्धानका लागि गठित छानबिन समितिको प्रतिवेदन छिटो सार्वजनिक गर्न सरकारसंग माग गर्नुभएको छ । विहिबार प्रतिनिधिसभाको सून्य समयमा सम्बोधन गर्दै सासंद ठगुन्नाले प्रतिवेदन सार्वजनिक गर्न भईरहेको ढिलाईले सरकार यो घटनाप्रति संवेदनशिल नभएको आभाष भईरहेको बताउनुभयो । मृतक जयसिंह धामीको परिवारलाई उचित राहत उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको सासंद ठगुन्नाका स्वकिय सचिव दौलतसिह ठगुन्नाले जानकारी दिनुभयो ।

सासंद ठगुन्नाले प्रतिनिधिसभामा गरेको सम्बोधन सुन्नका लागि यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?