दार्चुला । जय सिंह धामी महाकालीमा बेपत्ता भएको घट्नामा आफ्नो संगठनलाई बदनाम गरेको भन्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीमाथि ज्याजती गरिरहेको छ । एसएसबीले बिहीवार बिहान दार्चुलाको खलंगाबाट भारतीय बाटो भएर फर्किदै गरेका व्यास गाउँपालिका–४ मडगाउका दुई जनालाई कुनै कारण बिनै कुटपिट गरेको छ ।
हामी दार्चुलाबाट फर्किदै थियो, बाटोमा रोकेर कहाँबाट आएको भन्दै उनीहरुले सोधपुछ गरे । हामीले खलंगाबाट आएको बतायौ । त्यसपछि तिमीहरुले हामीलाई बदनाम गर्ने भन्दै कुटपिट गरे, एसएसबीको कुटपिट र दुर्व्यवहार खेपेका मडगाउँका एक स्थानीयले बताउनुभयो । उनीहरुले गाडी चालक र हामीलाई अकारण कुटपिट गरे, उहाँले भन्नुभयो, एसएसबीका जवानले तिमीहरु गरीव छौ, हामीलाई थाह छ, त्यही कारण बिगतमा हामीले तुईन तर्दा आँखा चिम्लियौ, तिमीहरुले उल्टै तुईन चुडाएर जय सिंह धामीलाई बेपत्ता बनाएको भनेर हामीलाई बदनाम ग¥यौ, अव तिमी कसैलाई यो बाटो हिडेको देखेमा सोझै डीडीहाट पुर्याउछौ, भनेर धम्क्याउदै कुटपिट गर्यो ।
एसएसबीले तुईन फुकालेका कारण जयसिह धामी महाकालीमा बेपत्ता हुनुभएको छ । उक्त घट्नापछि नेपालीहरु प्रति निकै आक्रोशित एसएसवीले तुईन रहेको महाकाली नदीका किनारमा गस्तीमा कडाई गर्नुका साथै नेपालीहरुमाथि कडा निगरानी गरिरहेको स्थानीयले बताएका छन् । महाकाली नदीमा लगाइएका तुइन समेत एसएसबीले बन्द गरिदिएपछि नेपालीहरुलाई सदरमुकामसम्म आवतजावत गर्न तथा दैनिक उपभोग्य सामाग्री जोहो गर्न समस्या भएको छ ।
तुइन हटाइएको र नेपालतर्फ घुमाउरो तथा जोखिमपूर्ण बाटो भएका कारण गाउँमा खाद्यान्नको समस्या भइरहेको मालगाउँका स्थानीयले गुनासो गरेका छन् । सरकारले खाद्यान्नको व्यवस्था नगरे खाद्य संकट निम्तिने जोखिम बढेको उनिहरुको भनाई छ ।
विगतमा पनि सीमामा एसएसबीले नेपालीहरुलाई कुटपिट गर्ने गरेको, सामान महाकालीमा बगाउने र जफत गर्ने जस्ता गविविधि गर्दै आएको थियो, जयसिह धामी बेपत्ता घटनामा एसएसबी मुछिएपछि झनै आक्रोशित व्यवहार भइरहेको गुनासो बढेको छ । तुइन फकाल्ने एसएसबी जवानको सरुवा भइसकेको स्रोतले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया