दार्चुलामा भाद्र १ गतेदेखि कोभिशिल्डको दोस्रो मात्रा लगाइने

दार्चुला । दार्चुलामा भाद्र १ गतेदेखि कोभिशिल्डको दोस्रो मात्रा लगाइने भएको छ। जिल्लामा आगामी भाद्र १ गतेदेखि ३ गतेसम्म कोभिशिल्डको दोस्रो मात्रा लगाइने भएको हो। स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाका ९२ वटा खोप केन्द्रबाट झण्डै १४ हजार ५ सय जना ५५ वर्षमाथिका सबैलाई कोभिशिल्डको दोस्रो मात्रा लगाइने छ।

सुदूरपश्चिम प्रदेश सरकारले जिल्लामा १५ हजार कोभिसिल्डको खोप उपलब्ध गराएको स्वास्थ्य कार्यालयले बताएको छ। हालसम्म दार्चुलामा ३६ हजार ७७९ जनाले विभिन्न खोपको पहिलो मात्रा खोप लगाएका छन्। जसमध्ये भेरोसिल खोपको पहिलो मात्रा १४ हजार ५२५ जना, भेरोसिलको दोस्रो मात्रा २ हजार ३५१ जना, कोभिशिल्डको पहिलो मात्रा १७ हजार ३१५ जना, कोभिशिल्डको दोस्रो मात्रा २ हजार ६७९ जना र जोन्सन एण्ड जोन्सन खोप ४ हजार ९३९ जनाले लगाएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

दार्चुलामा हालसम्म जम्मा ३० प्रतिशतले मात्रै कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?