बाबुले हानेको गोली लागेर छोराको ज्यान गयो

दार्चुला । पाल्पामा बाबुले हानेको भरुवा बन्दुकको गोलीले लागेर छोराको ज्यान गएको छ ।

रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ तल्लोतालका ५६ वर्षीय कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई हान्ने क्रममा ३६ वर्षीय छोरा धनबहादुरलाई गोली लागेको हो ।

टाउकोमा गोली लागेका धनबहादुरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृतक धनबहादुर स्थानीय नारायण माविका प्राथमिक विद्यालयका शिक्षक हुनुहुन्थ्यो ।

कर्ण बहादुरलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?