लेबनानमा इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा २० जनाको ज्यान गयो

दार्चुला । लेबनानको उत्तर पश्चिमा पर्ने अक्करमा इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा २० जनाको ज्यान गएको छ । ७९ जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार चलिरहेको अल्जजिराले जनाएको छ ।

ट्याङ्कर विस्फोटको कारण खुलेको छैन । लामो समयदेखि आर्थिक सङ्कटमा रहेको लेबनानले केही महिनादेखि इन्धन अभावको चुनौती समेत सामना गरिरहेको छ । लेबनानका पूर्व राष्ट्रपति साद अल हरिरीले ट्वीटमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै वर्तमान राष्ट्रपतिसँगै लेबनानका अधिकारीले विस्फोटको जिम्मेवारी लिनुपर्ने बताउनु भएको छ ।

उहाँले गएको वर्ष बेरुतमा बन्दरगाहामा भएको विस्फोटको घटनालाई जोड्दै अहिलेका राष्ट्रपति र सरकारी अधिकारीको राजीनामाको माग गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?