दार्चुला । नेकपा माओवादी केन्द्रले पुससम्ममा पार्टीको सङ्गठनात्मक अधिवेशन र सुदृढीकरण गर्ने निर्णय गरेको छ । आज आइतवार काठमाण्डौको एक पार्टी प्यालेसमा बसेको केन्द्रीय कमिटी बैठकले सङ्गठनात्मक अधिवेशन र सुदृढीकरण गर्ने निर्णय हरेक सङ्गठनमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित, युवालाई कम्तीमा २० प्रतिशत स्थान दिने गरी विधान संशोधन प्रस्ताव पनि पारित गरेको छ ।
यस्तै माओवादीले पार्टीका जिल्ला समिति खारेज गरेर जिल्ला समन्वय कमिटी गठन गर्ने भएको छ । पारित भएको विधान अन्तरिम विधानका रूपमा लागू हुनेछ । यस्तै भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइन काटेकै कारण दाचुर्लाका जयसिंह धामी बेपत्ता भएको भन्दै माओवादीले क्रुर घटनाको विरोध र आपत्ति जनाएको छ । यो घटनामा सरकारले कुटनीतिक छलफल गरेर दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरिएको छ ।
यस्तै गोर्खा सैनिकका माग पूरा गराउन बेलायतसँग कुटनीतिक छलफल गर्न, अफगानिस्तानमा रहेका नेपालीलाई छिटो उद्धार गर्न, सिन्धुपाल्चोक र मनाङसहितका जिल्लामा बाढी प्रभावितलाई छिटो पुनर्स्थापना गर्न र कोरोना महामारी नियन्त्रणमा सरकारले थप प्रभावकारी काम गर्नुपर्ने निष्कर्ष पनि माओवादीको केन्द्रीय कमिटीको बैठकले निकालेको छ ।
योसँग माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिएको छ ।
यसैबिच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई पारित गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सकिएको छ ।
काठमाण्डौको एक पार्टी प्यालेसमा आज आइतवार बसेको बैठकले प्रचण्डका दुवै प्रतिवेदन पारित गर्दै पार्टीलाई गाउँ–गाउँसम्म जुमुर्राउने निर्णय गरेको छ । राजनीतिक प्रतिवेदनले केपी ओलीको प्रतिगामी कदम असफल भए पनि खतरा अन्त्य नभएको निष्कर्ष निकाल्दै संविधानको रक्षा र कार्यान्वयनमा अघि बढ्नुपर्नेमा जोड दिएको छ ।
यस्तै वाम–लोकतान्त्रिक गठबन्धनलाई प्रतिगमनको खतरा र समयको माग भएसम्म जारी राख्ने र गठबन्धन सरकारलाई संसदको पूर्ण कार्यकालसम्म सफल ढङ्गले सञ्चालन गर्ने पनि निर्णय भएको छ ।
यस्तै पार्टीलाई रूपान्तरण गरेर गुणात्मक फड्को मार्ने उद्देश्यका साथ पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पनि पारित भएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया