असोजभित्र थप एक करोड खोप ल्याइने

दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले आगामी असोजसम्म कम्तीमा एक करोड खोप ल्याउने बताउनुभएको छ । प्रधानमन्त्री देउवाले हाल आइसकेको एक करोड आठ लाख खोपबाहेक असोजसम्म थप एक करोड खोप मुलुकमा ल्याइने प्रतिबद्धता जानउनुभयो ।

कोभिड–१९ को महामारीले सिर्जना गरेको चुनौती र जिम्मेवारीबारे आइतबार आयोजित भर्चुअल समिटमा प्रधानमन्त्री देउवाले आगामी चैतसम्म खोप लगाउन उपयुक्त सबै जनतालाई खोप लगाउने प्रण सरकारले गरेको बताउनुभयो। यो सप्ताहान्तसम्म पूर्ण मात्रामा खोप लगाएका ३२ लाखसहित कुल ७८ लाख जनाले कम्तीमा खोपको पहिलो डोज लगाएको र दिनको तीन लाख ६७ हजारसम्मलाई खोप लगाइएको जानकारी प्रधानमन्त्री देउवाले दिनुभयो ।

उहाँले सर्वप्रथम खोपको व्यवस्थापन, वितरण नै यो महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा यो सरकार पूर्ण विश्वास रहेकोे बताउनुभयो । प्रधानमन्त्रीले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण नेपालले विगत लामो समयदेखि यसका चौतर्फी असर भोग्दै आएको उल्लेख गर्नुभएको छ ।

सरकारको कोभिडविरुद्धको रणनीति विज्ञानमा, स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाहमा बनाउनेसमेत प्रधानमन्त्री देउवाले बताउनुभएको छ । सरकारले कोभिड–१९ विरुद्धको तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिने जानकारी प्रधानमन्त्री देउवाले दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?