सुदूरपश्चिमसहित देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने

दार्चुला । नेपालमा मनसुनी गतिविधि सक्रिय रहेकोले सुदूरपश्चिमसहित देशका विभिन्न ठाउँमा आजपनि ठूलो पानी पर्ने भएको छ । तराईका केही जिल्लामा अहिले पानी परिरहेको छ । अहिले मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ ।

प्रदेश-१, प्रदेश-२ र लुम्बिनी प्रदेशमा पर्ने तराईका एक/दुई ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । यस्तै, आज वाग्मती र सुदूरपश्चिमका केही ठाउँमा पनि ठूलो वर्षाको सम्भावना छ । अन्य ठाउँमा भने आज हल्कादेखि सामान्य पानी पर्ने छ ।

देशका अन्य क्षेत्रमा पानी परे पनि मनसुनी न्यूनचापीय रेखाको प्रभाव कम पर्दा काठमाण्डौमा ठूलो पानी परेको छैन । तर बर्खाको समय भएकाले पानी पर्ने सम्भावना भने रहेको मौसमविद्ले बताएका छन् । अझै एक/दुई दिन मनसुन सक्रिय रहने भएकाले धेरै ठाउँमा पानी पर्ने मौसमविद्को अनुमान छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?