दार्चुला। आफगानिस्तानभर आफ्नो पकड जमाएको तालिवानले नेपाली सुरक्षा गार्डसहित विदेशी कामदारहरु बसिरहेको होटल छाड्न आदेश दिएको छ ।
होटलमा झन्डै एक सय ५० जना नेपाली सुरक्षागार्ड रहेका छन् । तालिवानले उनीहरुलाई हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलमै गएर बस्न निर्देशन दिएका छन् । जर्मन, क्यानेडियन, विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाहरुमा कार्यरत नेपालीसहित विदेशी बसिरहेको होटलमै पुगेर तालिवानले तत्काल होटल छोड्न निर्देशन दिएको हो । तालिवानले विमानस्थल जान समस्या नभएको जानकारी समेत गराएको छ ।
होटलबाट विमानस्थल दुई किलोमिटर मात्रै टाढा रहेका बताइएको छ ।
अमेरिकी सेनाले आफुना नागरिकहरुलाई विमानस्थलबाट दोहातर्फ उद्धार गरेर लगिरहेको छ ।
सोमवार व्यवसायिक उडानहरु भने बन्द छन् । सैन्य विमान मात्रै सञ्चालनमा रहेका छन् । अफगानीस्थानमा औपचारीक क्षेत्रमा १५ सय नागरिक मात्रै भएको सरकारले जनाएपनि अनौपचारीक र अबैध रुपमा गएका झण्डै १४ हजार नेपाली रहेको बताइएको छ ।
यसैबिच गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चारवटै सुरक्षा निकायका प्रमुखसहितलाई मन्त्रालयमा बोलाएर निर्देशन दिनुभएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया