दार्चुला । अफगानिस्तानको काबुलबाट बिहीबारसम्म एक हजार नेपाली स्वदेश आइपुग्ने भएका छन् । दिल्लीस्थित नेपाली दूतावासका अनुसार काबुलमा ग्रिन जोनमा रहेका करिब एक हजार पाँच सय नेपालीको उद्धार र सुरक्षाको सबै प्रबन्ध सुनिश्चित भएको छ ।
दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले नयाँ भन्नुभयो, ‘उहाँहरूको चिन्ता मान्नुपर्ने अवस्था अब छैन, ‘बिहीबारसम्म ग्रिन जोनमा रहेका सबैको व्यवस्थापन भइसक्छ । त्यसपछि अवैधानिक रूपमा त्यहाँ रहनुभएकाहरूलाई उद्धार गर्नेतर्फ हामी अघि बढ्छौँ ।’ अहिलेसम्म दुई सय बढी नेपाली स्वदेश फर्किएका छन् । अवैधानिक क्षेत्रमा कार्यरत नेपालीहरु भने निकै समस्यामा रहेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया