सुदूरपश्चिमसहित देशका धेरै ठाउँमा ठूलो वर्षा हुने

दार्चुला । सुदूरपश्चिम प्रदेश बाहेकका अन्य क्षेत्रमा अहिले पानी परिरहेको मौसमविद्ले बताएका छन् । उपत्यकासहित वागमती प्रदेश, गण्डकी, कर्णाली, लुम्बिनी, प्रदेश १ र प्रदेश २ का धेरै ठाउँमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । सुदूरपश्चिममा अहिले वर्षा नभए पनि आज पानी पर्ने अनुमान छ । अहिले मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी क्षेत्र नजिक रहेकाले पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

आज र भोलि दुई दिन नै पश्चिमी क्षेत्रमा धेरै वर्षा हुने मौसमविद् श्रेष्ठले बताउनुभयो । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली हुनेछ । केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । मौसमविद्ले पर्सिसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?