दार्चुला । महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिनुभएको छ । ठाकुर अध्यक्ष रहने गरी बुधबार आयोगमा जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक दर्ता गरिएको छ। उक्त पार्टीले चुनाव चिन्ह साइकल राखेको छ।
आयोगले यसअघि जनता समाजवादी पार्टीको आधिकारिकता भने उपेन्द्र यादवलाई दिएको थियो। ठाकुर उक्त पार्टीको साधारण सदस्य मात्रै भएका थिए। त्यसअगाडि ठाकुर जसपा अध्यक्ष थिए। नयाँ दर्ता गरिएको जसपा लोकतान्त्रिक २४ सदस्यीय केन्द्रीय कार्यकारिणी हुने निर्वाचन आयोगमा पुगेका नेता राजेन्द्र महतोले पत्रकारहरूलाई बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया