दार्चुला । नेपाल कम्युनिष्ट पार्टी नेकपा (विप्लप) समुहले दार्चुलामा तुईन घटना र राष्ट्रियताको सवाल विषयक अन्तरक्रिया आयोजना गरेको छ । दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा तुइन घटनामा भारतीय एसएसबीकै संलग्नता रहेको भन्दै दोषिलाई कार्वाही र पीडितलाई राहातको व्यवस्था गर्नुपर्ने बताइएको छ ।
यस्तै भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पीयाधुरा लगायत नेपाली भूमि फिर्ताको पक्षमा वकालत गरिएको छ । नेकपा विप्लप समुहका केन्द्रीय सदस्य ओम प्रकाश पुनको प्रमुख आतिथ्यतामा आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले तुइन घटना, अतिक्रमित भूमि फिर्ता र पार्टी गविविधिका विषयमा आफ्ना बिचारहरु राखेका विप्लप समुह दार्चुलाका सेक्रेटरी भरत मल्लले जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एबं प्रतिनिधि, प्राद्यापक, बुद्धिजिवी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
हेर्नुहोस अन्तरक्रिया कार्यक्रमका केहि तस्बिरहरु :-





विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया