अष्टलक्ष्मी बनिन पहिलो महिला मुख्यमन्त्री, आजै दुई मन्त्री नियुक्त

दार्चुला । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएको छ । मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले बहुमतप्राप्त पार्टीको संसदीय दलका नेताका रुपमा शाक्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । उहाँले केहीबेरअघि सपथ ग्रहण गर्नुभएको छ ।

सपथ ग्रहण लगत्तै मुख्यमन्त्री शाक्यले दुई मन्त्री नियुक्त गर्नुभएको छ । उहाँले केशव पाण्डेलाई आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्री तथा कृष्ण खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गर्नुभएको हो । सामाजिक विकास मन्त्री नियुक्त भएका खनाल माधव नेपाल समुहका थिए ।

उहाँलाई आज नेपालको नेतृत्वमा गठित एमाले समाजवादी पार्टीको केन्द्रिय सदस्यमा समेत राखिएको छ । तर खनालले आफू नयाँ पार्टीमा नरहेको स्पष्टीकरण दिनुभएको छ । माधव नेपालको केन्द्रीय कमिटीमा रहेका धेरै नेताहरुले आफुहरु नयाँ पार्टीमा नरहेको स्पष्टीकरण दिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?