दार्चुला । दार्चुलामा मह उत्पादनमा वृद्धि हुन थालेको छ। जिल्लामा गत वर्ष मात्रै १२ प्रतिशतले मह उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।
विगत वर्षभन्दा गत वर्ष पानी कम परेकाले मह उत्पादन बढेको कृषि प्राविधिक इ्र्रश्वरी जोशीले बताउनुभयो । जिल्लाका किसानले गत वर्ष २५ सय आधुनिक घार तथा ४ हजार मुणेघारबाट ५२ मेट्रिक टन मह उत्पादन गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
दार्चुलामा उत्पादित मह जिल्ला भित्रका साथै धनगढी, महेन्द्रनगर, काठमाण्डौं, पोखरा, चितवनलगायत विभिन्न सहर बजारमा खपत हुँदै आएको छ। दार्चुलामा वार्षिक ५ करोड २० लाखको मह बिक्री हुने गरेको कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिनुभयो ।
पछिल्लो समय सरकारले युवा लक्षित कार्यक्रम अन्तरगत मौरीपालनलाई प्राथमिकता दिएसंगै यसतर्फ किसानको चाँसो बढ्दै गइरहेको पन्तले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया