कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा

दार्चुला । सरकारले श्री कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को बैठकले भदौ १४ गते सोमबारका दिन परेको जन्माष्टमीको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै गाईजात्रा दिन काठमाण्डौ उपत्यकामा मात्र सार्वजनिक बिदा दिइँदै आएकोमा देशभरका नेवार समुदायलाई बिदा दिने सरकारले निर्णय गरेको छ ।

यसैबिच सरकारले प्रभुराम शर्मालाई महारथीमा बढुवा गरेर प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको छ ।

आज बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले बलाधिकृत रथी शर्मालाई महारथीमा बढुवा गरेर प्रधानसेनापतिमा बढुवा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसअघि गएको साउन १७ गते बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापतिमा नियुक्त हुनुभएको थियो । नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २५ गते सकिने भएपछि उहाँ साउन २५ गतेदेखि घर बिदामा बस्नुभएको छ ।

साउन २६ गते प्रधानसेनापति थापाले कायममुकायम प्रधानसेनापति बलाधिकृत रथी प्रभुराम शर्मालाई नेतृत्व हस्तान्तरण गरिसक्नुभएको छ ।

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?