प्रहरीको ड्रोन विज्ञ टोलीले पनि भेटेन जयसिह धामी

दार्चुला । एसएसबीले तुइन फुकालेका कारण महाकाली नदीमा बेपत्ता जयसिह धामीको खोजीका लागि प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी नायब निरीक्षक प्रेम गन्धर्वको नेतृत्वमा दुईजना ड्रोन विज्ञको प्रहरी टोली दार्चुला आए पनि जयसिह धामीको अवस्थाबारे कुनै पत्तो लागेन । साउन २७ गतेदेखि भाद्र १ गते सम्म घटनास्थल मालघाट देखि जोलजिवि सम्मको महाकाली नदी किनारमा ड्रोन क्यामेरा मार्फत वेपत्ता धामीको खोजी गरेपनि फेला नपरेको प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

धामी नदीमा बेपत्ता भएदेखि महाकाली क्षेत्रमा प्रहरी टोलीले खोजी गरिरहेको छ । अप्ठ्यारो ठाउँमा ड्रोन क्यामेरा मार्फत पनि खोजी कार्य गरिएको प्रहरीले जनाएको छ । दार्चुलाका प्रहरी प्रमुख, डिएसपी मनोहर प्रसाद भट्टको नेतृत्वमा एक हप्तासम्म ड्रोन उडाएर धामीको खोजी गर्दा फेला नपरेपछि बुधबार ड्रोन विज्ञको टोली फर्किएको छ । महाकाली नदी किनारमा भारत तर्फ खोजी गर्न भारतीय प्रशासनले अनुमति नदिएपछि नेपालतर्फ मात्रै खोजि गरिएको छ ।

भारतीय एसएसबीले तुईन फुकालेर महाकाली नदीमा बेपत्ता भएको घटनाको छानविन गर्न गृह मन्त्रालयले साउन १७ गते सहसचिव जर्नादन गौतमको नेतृत्वमा छानविन समिति गठन गरेपनि अहिलेसम्म प्रतिवेदन बुझाइएको छैन् । छानविन समितिलाई तेस्रो पटक विहिबारदेखि लागु हुने गरी एक हप्ताको म्याद थप गरिएको गृह मन्त्रालयले जनाएको छ । 

स्रोतका अनुसार एसएसबीले तुइन फुकालेकै कारण जयसिह नदीमा बेपत्ता भएको निष्कर्ष निकालेको र सोहि अनुसार प्रतिवेदन लेखन भइरहेको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?