दार्चुला । जिल्ला सदरमुकाम खलंगाको राधाकृष्ण चोक नजिकै रहेको गायाका मोवाईल सेन्टरमा चोरी भएको छ । शुक्रबार विहान करिव २/३ बजेतिर चोरी भएको हो । चोरले ६५ हजार नगद सहित विभिन्न कम्पनीको मोबाइल गरेर अन्दाजी २ लाख बराबरको समान चारेको पसल संचालक दिलिपसिंह बिष्टले जानकारी दिनुभयो ।विद्युत नभएको बेला पसलमा जडान गरिएको सिसिटिभि नचलेको तथा वाहिर निकै ठूलो वर्षा भइरहेका कारण चोरी गरेको थाहा नपाएको उहाँले बताउनुभयो ।
चोरले घरको च्यानल गेटमा लगाएको ताला तोडेर भित्र पसी चोरी गरेको बताइएको छ । चोरले पसलबाट एम टु पोको मोबाइल ४ थान, एम थ्री पोको मोबाइल १ थान, भिभो वाइ ट्वान्टी १ थान, २ थान पावर ब्यांक, मर्मतका लागी राखिएका विभिन्न कम्पनीका मोबाइल ३ थान, नदग ६५ हजार र एनआइसी एसिया बैंकको एटिएम १ थान र माछापुछ्रे बैंकको एटिएम २ थान चोरी गरेर लगेको बिष्टले बताउनुभयो ।
चोरी भएको घट्नाबारे प्रहरीमा खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट घट्ना स्थल खटिएको प्रहरी टोलीले चोरी मुचुल्का उठाएर आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया