दार्चुला । नेकपा (एमाले) विभाजनमा माधव नेपाललाई साथ नदिएका नेताहरुको छलफलमा जुटेका छन् । महाराजगंजस्थित एक पार्टी प्यालेसमा मध्यमार्गी स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटी सदस्यहरुको बैठक बसिरहेको छ ।
बैठकबाट १० बुँदेको अक्षरशः पालना गराउन र फागुन २८ यता भएका सबै निर्णय खारेज गराउन अपील हुने केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभयो । अध्यक्ष केपी शर्मा ओली त्यसका लािग तयार नभए विद्रोह हुने उहाँको भनाइ छ।
उनीहरुले बिहीबार अबेर संयुक्त विज्ञप्ति जारी गर्दै सरकारद्वारा हालै जारी गरिएको दल विभाजनसम्वन्धी अध्यादेश फिर्ता हुनुपर्ने तथा पार्टीमा १४ जनामाथि गर्ने भनिएको कारवाही रद्द गर्नुपर्ने माग अघि सारेका छन् ।
विज्ञप्तिमा पार्टीलाई विभाजित र तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको तर्फबाट १० बुँदे सहमतिको तत्काल कार्यान्वयनका लागि आग्रह पनि गरिएको छ । माधव नेपाललाई नयाँ दल दर्ता नगर्न समेत अनुरोध गरिएको छ ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया