दार्चुला । दार्चुलामा एक जना पुरुष मृत फेला परेका छन् । महाकाली नगरपालिका वडा नम्बर ३ भण्डारी गाउँ नजिकको खर फागलोमा ३४ वर्षीय परमसिह बोहरा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
विहिबार खेतमा मल हाल्न गएका बोहरा अबेर सम्म घर नफर्किएपछि आफन्तहरुले खोजी गर्दा फागलोमा मृत फेला पारेका थिए । शुक्रबार (आज) घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली खटिएर अनुसन्धानका लागि मुचुल्का तयार पारेको छ । मृतकको जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरि शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया