दार्चुला । दार्चुलामा शुक्रबार राती आठ बजेको समयमा ग्यास बोकेको मिनिट्रक दुर्घटना भएको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ९ बेतमा चुच्चैबाट भरेको सिलिण्डर बोकेर गोकुलेश्वरतर्फ गइरहेको से १ ख १०५६ नम्बरको मिनिट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
मिनि ट्रक दुर्घटनाको जानकारी पाउनासाथ दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्ट नेतृत्वको सुरक्षा टोली घटनास्थलमा प्रस्थान गरेको थियो । ट्रक सडकबाट २० मिटर तल बेत खोलामा खसेको प्रहरी निरीक्षक पुष्करसिह ऐरीले बताउनुभयो । उहाँका अनुसार, दुर्घटनामा परेको मिनि ट्रकका चालक र सहचालकको अवस्था अज्ञात रहेको र प्रहरीले घटनास्थलमा खोजी गरिरहेको छ ।
घटनास्थलमा उद्धारका लागि प्रहरी प्रमुखको टोली सहित दत्तु प्रहरी चौकीबाट सुरक्षा टोली खटिएको थियो । चालक र सहचालकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया