व्यासका ४ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

दार्चुला । दार्चुलाको व्यास गाउँपालिकाका ४ हजार बढी व्यक्तिले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। सुदूरपश्चिम प्रदेश आपुर्ती व्यवस्थापन केन्द्र धनगढीले विभिन्न समयमा खोप उपलब्ध गराएको थियो। जसबाट हालसम्म सो गाउँपालिकाका मात्रै ४ हजार ७९१ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

चिनले नेपाल सरकारलाई उपलब्ध गराएको भेरोसेल खोप चिनसँग सीमा जोडिएका स्थानीय तहका नागरिकलाई दिनुपर्ने नीतिअनुसार व्यासका नागरिकलाई लगाइएको सूचना अधिकारी खगेन्द्र कार्कीले बताउनुभयो । उहाँले भेरोसेलका साथै अन्य खोपहरु पनि लगाइएको बताउनुभयो । गाउँपालिकाको ११ हजार २८७ जनसंख्यामध्ये ४ हजार ७९१ जनालाई खोप लगाइएको बताइएको छ। हालसम्म गाउँपालिकामा भेरोसेलको पहिलो मात्रा २ हजार ८८७ जना, कोभिशिल्डको पहिलो मात्रा १ हजार ७१९ जना र जोन्सन एण्ड जोन्सन खोप १८५ जनालाई लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।

त्यसैगरी भेरोसेल खोपको दोस्रो मात्रा ८४३ जना र कोभिशिल्डको दोस्रो मात्रा ७८९ जनाले लगाएका छन्। स्वास्थ्य कार्यालयले गाउँपालिकामा तत्काल ७ हजार ६ सय जनालाई खोप लगाउने लक्ष्य लिएको र हाल ३५ वर्ष माथिकालाई खोप लगाइरहेको बताएको छ। जिल्लाभर ३६ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन्। भदौ १ गतेदेखि ३ गतेसम्म कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?