शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकतामा: अध्यक्ष कार्की (अडियोसहित)

दार्चुला । दुहुँ गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन विकासको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । रेडियो लोकदर्पण संगको कुराकानीका क्रममा उहाँले कृषि र पर्यटनमार्फत युवा रोजगारी र स्वरोजगारी सिर्जना भइरहेको उहाँले बताउनुभयो ।

अध्यक्ष कार्कीका अनुसार, यो वर्ष कृषिमा जुवा फर्क माटोतिर कार्यक्रममा ४० लाख, उपाध्यक्ष युवा स्वरोजगार अन्तरगत आयआर्जर र व्यवसायीक क्षेत्रमा ५० लाख र आत्मनिर्भर नारी दुहुँको चिनारी कार्यक्रम अन्तरगत ३० लाख बजेट विनियोजन गरिएको छ । सशर्त कार्यक्रम अन्तरगत लघुउद्यम विकास कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकिकरणमा पनि केहि प्याकेजहरु छन । पुर्वाधार भन्दा पनि जनताको आयआर्जन बढाउने क्षेत्रमा बढी ध्यान दिएको उहाँको भनाई छ ।

अल्पकालिन रुपमा पुर्वाधारहरु जस्तै सडक, बाटोघाटो, भौतिक संरचनाहरु निर्माणको काम गरिरहेका छौँ, उहाँले भन्नुभयो, दिर्घकालिन रुपमा शैक्षिक गुणस्तर माथि उकास्ने, सामुदायिक विद्यालयहरुको खस्कदो गुणस्तर सुधार गरेर स्तरोन्नती गर्ने नीति लिएका छौँ । त्यसैगरी स्वास्थ्यका क्षेत्रमा सबै टोलमा आधारभुत स्वास्थ्य सुविधाको पहुँच पुर्याउने, सबै वडामा बर्थिङ सेन्टर निर्माण गर्ने र गाउँपालिकामा १० शैयाको अस्पताल निर्माण गर्ने काम गरिरहेका छौँ । आयआर्जजको क्षेत्रमा युवाहरुलाई रोजगारीसंग जोडन कृषि र पर्यटन क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गरेका छौँ ।

कृषिमा डेढ सय बढी युवाहरु समुहमा आवद्ध भएर तरकारी, आलु पकेट, बाख्रापालन, उन्नत गाई, भैँसी पालनमा जोडिनुभएको छ । निर्वाहमुखी परम्परागत कृषि प्रणालीलाई व्यवसायीक बनाउने उद्धेश्यले कार्यक्रमहरु अगाडी बढाउदा अहिले राम्रो नतिजा देखिएको छ । दुहुँ गाउँपालिका आलु उत्पादनमा आत्मनिर्भर भएको छ । भने पशुपालन र तरकारीमा राम्रो प्रगति भएको छ ।

दुहुँ गाउँपालिकाको अर्को महत्तपुर्ण क्षेत्र भनेको पर्यटन हो । त्यसका लागि हामीले केहि पर्यटकीय पुर्वाधारहरु निर्माण, प्राचिन मठमन्दिर सुधार तथा निर्णोद्धार गरेका छौँ । प्राकृतिक सुन्दरतम ठाउँ शिद्धटोपी सुदूरपश्चिमका पर्यटकीय क्षेत्र भनेर आधारभुत विद्यालयको पाठ्यक्रममा पनि समावेस भएको छ । त्यो ठाउँमा हामीले भ्यू टावर पनि निर्माण गरेका छौँ र हामीले नेपालको दोस्रो लामो झोगुगें पुल पनि निर्माण सम्पन्न गर्ने तयारीमा छौँ । पर्यटकिय गुरुयोजना अनुसार पुलमा बञ्जी जम्प निर्माण गर्ने र अरु पर्यटकीय क्षेत्रसंग जोडेर पर्यटकीय कोरिडोर निर्माण गर्ने योजनामा छौँ । स्रोतको खोजिमा संघ र प्रदेश सरकारसंग अनुरोध गरिरहेका छौँ । पर्यटनबाट एक हजार बढी युवाहरुलाई रोजगारीमा जोड्ने लक्ष्य छ ।

अध्यक्ष कार्कीसंग पत्रकार लोकेन्द्र जोशीले गरेको पुरा कुराकानी सुन्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?