दार्चुला । महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिममा नौ हजार ५०० हस्ताक्षर सङ्कलन गरिएको छ। दार्चुला, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा हस्ताक्षर सङ्कलन गरिएको जरोकिलो पाटीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले जानकारी दिनुभयो ।
बेपत्ता धामीको शव खोज्नुपर्ने, घटनाको अनुसन्धान गरी जानकारी गराउनुपर्ने र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग राख्दै हस्ताक्षर अभियान सञ्चालन गरेका हौँ, उहाँले भन्नुभयो, सङ्कलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउँछौँ। ड्रोन क्यामेराका सहयोगमा धामीको शव खोज्ने कार्य गरिए पनि फेला पार्न सकिएको छैन। अहिले पनि प्रहरीले दार्चुला देखि कञ्चनपुरसम्मको महाकाली नदी तटिय क्षेत्रमा जयसिहको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया