क्वाँटी खानुका फाइदैफाइदा, यसरी बनाउनुस् स्वादिष्ट क्वाँटी

दार्चुला । क्वाँटी पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । यसरी खाइने क्वाँटी स्वास्थ्यको हिसाबले पनि निकै फाइदाजनक मानिन्छ । विभिन्न किसिमका गेडागुडी भिजाएर टुसा उमारि तयार गरिने क्वाँटी पोषणले भरिपूर्ण हुन्छ । क्वाँटीमा मास, भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना र सिमी, बोडी, बकुल्ला, मुंग लगायतका गेडागुडीको मिश्रण हुन्छ ।

क्वाँटी खानुका फाइदाहरु ?
–कब्जियत हटाउँछ।
–पाचनशक्तिमा सुधार गर्छ।
–उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ।
–कोलेस्टेरोल नियन्त्रण गर्न सहयोग गर्छ।
–शारीरिक र मानसिक स्वास्थ्यमा सुधार गर्छ।
–रोग प्रतिरोधात्मक शक्ति बढाउँछ।
–स्मरणशक्ति वृद्धि गर्छ।
–मानसिक स्वास्थ्यमा सुधार गर्छ।
–कुपोषण हटाउन सहयोग गर्छ।
–रक्तसञ्चार तथा स्नायु प्रणालीलाई फाइदा पुर्‍याउँछ।
–बच्चाहरूको वृद्धि विकासमा सहयोग गर्छ।
–पौष्टिक तत्व प्रयाप्त मात्रामा पाइने भएकाले सौन्दर्यमा पनि निखार ल्याउँछ।

क्वाँटी बनाउने तरीका

क्वाँटी बनाउन गेडागुडीलाई दुई दिन अघि भिजाएर टुसा उमारेको हुनुपर्छ ।

–शुरुमा प्रेसर कुकरमा तेल तताउने,

–तेल तातेपछि ज्वाँनो, सुप र तोरी फुराउने,

–काटेर राखेको प्याज, लसुन, अदुवा, ताजा रातो हरियो खोर्सानी राख्ने र केही बेर फ्राइ गर्ने,

–त्यसपछि गेडागुडी हालेर केही बेर फ्राइ गर्ने,

–गेडागुडी केही बेर फ्राइ गरेपछि करी पाउडर, बेसारको धुलो, काटेको गोलभेडा, स्वाद अनुसार नुन राखेर राम्रोसँग चलाउने ।

–केहीबेर भुटिसकेपछि पानी राखेर ६–७ सिठी लगाउने,

–सबै हावा गइसकेपछि मात्र सिठी खोल्ने,

–सिठी खोलिसकेपछि हरियो धनिया राख्ने,

यति गरेपछि स्वादिलो क्वाँटी तयार हुन्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?