मध्यमार्गी धार एमालेमै रहने, १० बुँदे कार्यान्वयनका लागि भोलि स्थायी कमिटी बैठक

दार्चुला । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन स्थायी कमिटी बैठक बोलाएको छ । माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँगको छलफलपछि मंगलबार स्थायी कमिटी बैठक बस्न लागेको हो । एमाले महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रियामा लैजानका लागि बैठक बस्न लागेको बताउनुभयो ।

उहाँले अब एमाले एकताबद्ध रहेको र केही व्यक्ति बाहिरिए पनि आमरूपमा पार्टी एक ठाउँमा उभिने बताउनुभयो । आज विगतमा माधव गुटमा रहेका र विभाजनपछि मध्यमार्गी धारमा देखिएका नेताहरु र अध्यक्ष केपी सर्मा ओली बिच गहन छलफल भएको नेकपा एमालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?