दार्चुलाको बेतमा सडक अवरुद्ध, खुलाउन केहि दिन लाग्ने

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ बेतस्थित चुने भिरमा सडक भासिएपछि यातायातका साधनहरुको आवतजावत बन्द भएको छ । महाकाली लोकमार्ग अन्तरगत गोकुलेश्वर खलंगा सडकको चुने भिरमा सडक भासिएपछि भिर काटेर सडक सञ्चालन गर्ने प्रयास भइरहेको छ ।

कडा चट्टनी भुभाग रहेको उक्त स्थानमा भिर काट्न निकै ढिलाइ भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिलेटिज अभावमा स्काइभेटर मेसिनबाट ब्रेकर प्रयोग गरेर भिर फुटाउने काम भइरहेको छ । पहिले देखि नै साघुरो ठाउँ रहेको बेतस्थित चुने भिरमा सडक भासिएपछि दार्चुलाबाट छुट्ने र जिल्ला भित्रिने सवारीसाधनहरु बन्द भएका छन् । यात्रुहरु बेतसम्म दार्चुलाबाट गाडीमा गइरहेका छन् । सडक निर्माणको काम भइरहेको चुने भिरबाट पैदल हिडेर पारीबाट सवारीसाधन बदल्दै (पल्टी गरेर) यात्रा गरिरहेका छन् ।

मानिसहरुलाई समेत आवतजावत गर्न अप्ठ्यारो सडकमा यातायातका साधनहरु आवतजावत हुने अवस्था नरहेको स्थानीयहरु बताउछन् । सडकको तल र माथि भिर भएकोले काम रोकाएर मानिसहरु आवतजावत गरिरहेका छन् । ब्रेकरले फुटालेर सडकमा फालेका ढुगांहरुको कारण आवतजावतमा झनै समस्या भएको छ । चुने भिरमा सडक सञ्चालन गर्न अझै केहि दिन लाग्ने निर्माण व्यवसायीले प्रतिक्रिया दिएका छन् । हिडडुल गर्न समेत बिकल्प नहुदा समस्या भएको छ । मानिसहरुको आवतजावतका लागि पटकपटक काम रोक्नुपर्दा झनै ढिलाइ भइरहेको बताइएको छ ।

No description available.

सडकको अवस्था र यात्रुहरुको समस्या सहितको भिडियो आज बेलुकी ८ बजेपछि लोकदर्पण टिभी युट्युब च्यानलबाट हेर्न सक्नुहुनेछ ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?