जयसिंह बेपत्ता भएको २५ दिन बित्दा समेत प्रतिवेदन अन्यौलमा, दुई सदस्य बिदामा

दार्चुला । भारतीय सीमा सुरक्षाबल (एसएसबीले) तुइन फुकाइदिँदा दार्चुला व्याँस गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकालीमा बेपत्ता भएको २५ दिन वितेको छ। घटनाको सत्यतथ्य पत्ता लगाउन भन्दै सरकारले छानबिन समिति गठन गरेकै २३ दिन भयो । तर, अझै प्रतिवेदन तयार गर्न सकेको छैन । बरु पाँच सदस्यीय समितिका दुई सदस्य नै बिदामा बस्दा प्रतिवेदन थप अनिश्चित बनेको छ ।

समितिमा सदस्य रहेका सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी पारिवारिक कारण देखाउँदै आकस्मिक रूपमा बिदामा छन् । सबै सदस्यको सहमतिविना प्रतिवेदन लेख्न नमिल्ने भएकाले अन्योलमा परेको समितिका एक सदस्यले बताउनुभयो । ‘छानबिन लगभग सकिएको छ, तर प्रतिवेदन लेखनमा दुई सदस्य नभएकाले तयार गरेर बुझाउन समस्या भएको हो,’ ती सदस्यले भन्नुभयो, गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वको समितिमा श्रेष्ठ र भट्टसहित नेपाल प्रहरीका डिआइजी पुरुषोत्तम कँडेल र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा सदस्य छन् ।

१५ साउनमा जयसिंह काठमाडौं आउन मालघाटको तुइन चढेर भारततर्फ जाँदै गर्दा एसएसबीले तुइन फुकाइदिँदा महाकालीमा बेपत्ता भएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । छानबिनका लागि १७ साउनमा सरकारले समिति गठन गरेको थियो । तोकिएको १० दिनभित्र प्रतिवेदन बुझाउन नसकेपछि २६ साउनमा अर्को एक साताका लागि म्याद थप भएको थियो । उक्त समयमा पनि प्रतिवेदन तयार गर्न नसकेपछि फेरि थपिएको एक साताको म्याद मंगलबार सकिँदै छ ।

छानबिन समितिका संयोजक गौतमले भने केही दिनमै प्रतिवेदन बुझाइने जानकारी दिनुभयो । मंगलबार काम नसकिए एक–दुई दिन थप समय मागिने उहाँको भनाइ छ । बेपत्ता जयसिंहको अवस्था पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन । ड्रोन क्यामेरा प्रयोग गरेर खोजी गर्नका लागि भारतले सहमति नदिँदा नेपालपट्टि मात्रै ड्रोन उडाइएको थियो । सुरक्षाकर्मीहरुले अहिलेपनि महाकाली क्षेत्रमा जयसिह धामीको खोजि भइरहेको जनाएका छन् । सरकारले छानबिन प्रतिवेदनका आधारमा घटनाका विषयमा भारतसँग कुरा गर्ने बताउँदै आएको छ । अहिलेसम्म सरकारले जयसिह धामी बेपत्ता प्रकरणमा मुख नखोलेको, पीडितलाई राहात र दोषिलाई कारर्वाही गर्न नसकेको भन्दा सत्ता पक्ष र प्रतिपक्षी दलहरुका साथै आम नेपाली नागरिकले बिरोध गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?