लेकमको कार्यालय सञ्चालनका विषयमा चर्काचर्की

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाको कार्यालय रातामाटाबाट कामकाज शुरु गर्ने विषयमा छलफल गर्न यहि भदौँ ५ गते शनिवारका लागि बोलाइएको गाउँकार्यपालिका बैठक स्थगित भएको छ । गाउँपालिकाको केन्द्र रातामाटाबाट तत्काल कार्यालय सञ्चालन गर्न माग गर्दै विभिन्न वडाबाट गएका स्थानीयले खरकडामा साउन १५ गते लगाएको ताला १९ दिनपछि गत मंगलबार सहमतिविनै तोडिएपछि संघर्ष समिति आक्रोशित बनेको थियो । शनिबार दुई सय बढी स्थानीयहरु कार्यालय तत्काल रातामाटा सार्न माग गर्दै खरकडा पुगेपनि छलफल निष्कर्षविहिन बनेको हो ।

जनप्रतिनिधिहरुको कार्यकाल सकिन लाग्दा समेत गाउँपालिकाको केन्द्रबाट कामकाज सञ्चालन नहुनु दुर्भाग्यपूर्ण विषय भएको भन्दै स्थानीयहरुले नाराबाजी गर्दै कार्यालय तत्काल रातामाटा सार्न जोडदार माग गरेका थिए । संघर्षरत स्थानीयहरुलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष परमानन्द जोशीले विगतमै गाउँपालिकाको केन्द्र रातामाटा कायम भइसकेकोले आवश्यक आधारभुत तयारी पुगेपछि गाउँकार्यपालिकाले मिति तय गर्ने र त्यसपछि गाउँपालिकाको सम्पूर्ण कामकाज रातामाटाबाट शुरु हुने जवाफ दिनुभयो । दुबै पक्षबिच सहमति जुट्न नसकेपछि आन्दोलन जारी राख्ने भन्दै संघर्षरत स्थानीयहरु घर फर्किएका थिए । अगामी कार्यपालिकाले निर्णय नगरे थप संघर्ष गर्ने संघर्ष समितिको भनाई छ । गाउँपालिकाको केन्द्रसम्म गाउँपालिकाको स्काइभेटर मेसिन प्रयोग गरेर सडक निर्माणका लागि निर्देशन दिइसकेको बताउदै अध्यक्ष जोशीले अत्यावश्यकीय आधारभुत व्यवस्थापन भएपछि कार्यपालिकाको निर्णय अनुसार गाउँपालिकाको कामकाज रातामाटाबाट सञ्चालन हुने जानकारी दिनुभयो ।

शनिबारको बैठकमा कार्यपालिकाका केही सदस्यहरु अनुपस्थित भएकोले बैठक नबसेको बताउदै अध्यक्ष जोशीले केहि दिन पछि यो विषयमा कार्यपालिका बैठक बोलाएर छलफल गरिने प्रतिक्रिया दिनुभयो । संघर्ष समिति तथा संघर्षरत स्थानीयहरुले केहि दिन भित्रै रातामाटाबाट कार्यालय सञ्चालन गर्न माग गरेका छन् । रातामाटा कार्यालय तोकिएको चार वर्ष वितिसकेको उल्लेख गर्दै स्थानीयहरुले तत्काल रातामाटाबाट कार्यालय सञ्चालन गर्ने ठोस आधार तथा मिति बताउन माग गरेका थिए । अहिलेसम्म गाउँपालिकाको कार्यालय खरकडाबाट सञ्चालन भइरहेको छ । रातामाटामा प्रशासकिय भवन निर्माणका लागि सम्झौता भइसकेकोले छिट्टै काम शुरु हुने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको केन्द्र रातामाटा निश्चित भइसकेकोले आन्दोलन बन्द गर्न अध्यक्ष जोशीले अनुरोध गर्नुभयो । वडा नम्बर ४ का वडाअध्यक्ष महेन्द्रराज जोशीले भने रातामाटामा भवन नबन्दासम्म कामकाज खरकडाबाटै हुने प्रतिक्रिया दिनुभयो । केहि जनप्रतिनिधि तत्काल कामकाज रातामाटाबाट गर्न मञ्जुर भएपनि केहि जनप्रतिनिधि तत्काल रातामाटा कार्यालय सार्न असहमत रहेको बुझिएको छ । शनिबार गाउँपालिकामा भएको दुबै पक्षबिचको चर्काचर्की सहितको भिडियो बुधबारदेखि लोकदर्पण टिभी युटुब च्यानलमा हेर्न सक्नुहुनेछ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?