विद्युत सेवा अवरुद्ध हुँदा दार्चुलावासीलाई सास्ती

दार्चुला । दार्चुला सदरमुकाम खलंगामा सोमबार रातीदेखि राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा अवरुद्ध बनेको छ। चमेलियाबाट ल्याइएको ११ केभी क्षमताको प्रसारण लाइन अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ।

विद्युत सेवा अवरुद्ध बन्दा जिल्लावासीले सास्ती भोग्नुपरेको छ। सदरमुकाम खलंगामा मंगलबार रातीदेखि विद्युत नहुदा आम सेवाग्राही र व्यवसायीहरु समस्यामा छन् । अरु समयमा पनि विद्युत आउने जाने भइरहने र मंगलरबार रातीदेखि लामो समय पूर्ण रुपमा विद्युत अवरुद्ध भएपछि विभिन्न काम गर्नबाट बञ्चित हुनुपरेको व्यवसायीहरुको गुनासो छ । राष्ट्रिय प्रसारण लाइन अवरुद्ध हुँदा उज्यालो बाल्न, मोबाइल चार्ज गर्न, खाना पकाउन, विद्युतबाट चल्ने मेसिनहरु चलाउन नसकिएको स्थानीयले बताएका छन्।

अहिले विद्युत मर्मतको काम भइरहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?