गौरामा भिडभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध (निर्णयसहित)

दार्चुला । दार्चुलामा कोरोनाको तेस्रो लहर फैलिन सक्ने अवस्थालाई मध्यजनर गरी सबै नागरिकहरुलाई सतर्क र सजक रहन तथा स्वास्थ्य सुरक्षा सम्बन्धि सबै मापदण्डको पालना गर्न अनुरोध गर्ने निर्णय गरिएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीको अध्यक्षतामा बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समिति डिसिसिएमसीको बैठकले गौरामा भिडभाड नगर्न तथा जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्ने गराउने निर्णय गरेको हो ।

दार्चुलास्थित नेपाल भारत सिमानाकामा झोलुगें पुलहरु सञ्चालनमा रहेकोले उक्त नाकाहरुबाट जिल्ला भित्रिने नागरिकको सम्बन्धित स्थानीय तहहरुले एन्टिजेन परीक्षणको व्यवस्था गर्नुपर्ने निर्णय गरिएको छ । सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा पर्वमा भिडभाड नगरि सामाजिक दुरी लगायत स्वास्थ्य मापदण्ड पालना गरेर मात्र मनाउन अनुरोध गरिएको छ । भिडभाड नहुने ढंगले आ-आफ्नो पालिकाभित्र व्यवस्थापन गर्न सम्पूर्ण स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय समेत गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

कोरोनाको तेस्रो लहरले खासगरी १८ वर्षभन्दा मुनिका बालबालिकाहरुलाई संक्रमण हुने उच्च जोखिम रहेकोले सबै नागरिकलाई आ-आफ्ना बच्चाहरुको स्वास्थ्य अवस्थालाई ख्याल राख्दै भिडभाड हुने स्थानहरुमा नपठाउन समेत अनुरोध गरिएको छ ।

डिसिसिएमसी दार्चुलाको बैठकले गरेका निर्णयहरु हेर्नुहोस

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?