एक वर्ष बित्दा समेत मर्मत भएन डुङरी पावर हाउस

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ३ मा रहेको डुङरी जल विद्युत आयोजना बन्द भएको १३ महिना बितिसक्दा सम्म पनि मर्मत गरिएको छैन् । डुङरी विद्युत गृहमा गत वर्ष साउन महिनाको ५ गते बाढी पसेपछि विद्युत उत्पादन बन्द भएको छ । नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन जोडिनु अघि दार्चुला सदरमुकाम खलंगा र आसपासका क्षेत्रमा डुङरी जलविद्युत आयोजनाबाट विद्युत वितरण गरिएकोमा विद्युत उत्पादन बन्द भएपनि समस्या भएको छ । राष्ट्रिय प्रसारण लाईन अनियमित भएकोले बैकल्पीक रुपमा विद्युतको व्यवस्थापन गर्न डुङरी जलविद्युत आयोजना मर्मत गर्नु आवश्यक रहेको स्थानीयले बताएका छन् ।

लास्कुगाडमा आएको बाढीका कारण डुङरी जलविद्युत आयोजनाको पावरहावसमा क्षती पुगेको थियो । विद्युत गृह भित्र पानी र गिट्टी बालुवा भरिएर ठूलो क्षती भएको थियो । पावर हाउसको प्राविधिकहरुले स्थलगत निरीक्षण गरेको भएपनि मुख्य उपकरणहरु काम नलाग्ने गरेर बिग्रेकोले नयाँ फेर्नुपर्ने तथा लागत धेरै लाग्ने भएकोले विद्युत प्राधिकरणले मर्मतका लागि चासो नदेखाएको बुझिएको छ । प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीका अनुसार केन्द्रबाट आएका प्राविधिकहरुले रिपोर्ट लगेको भएपनि उपकरण मर्मत गर्न सकिने अवस्था नरहेको जवाफ पाएको जानकारी दिनुभयो । विद्युतगृहमा क्षती पुग्दा ब्यास गाउँपालिकाको हुती, महाकाली नगरपालिकाको छापरी र मुल्ला क्षेत्रमा लामो समय पूर्ण रुपमा अवरुद्ध भएको थियो।

अहिले विद्युत प्राधिकरणले पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तारको कामलाइ प्राथकिमतामा राखेको छ । २०४३ सालमा निर्माण गरिएको २ सय किलोवाट क्षमताको उक्त पावर हाउसका उपकरणहरु बिग्रीसकेकाले मर्मतको सम्भावना नरहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?