दार्चुला । दार्चुलामा तुइन तर्दा भारतीय सुरक्षाकर्मीले तार चुँडाएपछि महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलाको ब्यास गाउँपालिकाका धामीको परिवारलाई दश लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
१५ साउनमा महाकाली नदीमा बेपत्ता भएका धामी हालसम्म फेला पर्नुभएको छैन । उहाँको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।
सम्बन्धित खबर : तुइन घटनास् समितिले आगामी साता प्रतिवेदन बुझाउने
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया