एक वर्षको अवधिमा दार्चुलामा २१ आत्महत्याका घटना

दार्चुला । एक वर्षको अवधिमा दार्चुलामा २१ जनाले आत्महत्या गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा जिल्लाका २१ जनाले आत्महत्या गरेका छन्। तीमध्ये १० महिला, ९ पुरुष र दुई जना बालिका रहेका छन्।

जिल्लामा आत्महत्या गर्ने बालिकादेखि ७२ वर्षसम्मका वृद्ध समेत छन्। अधिकाशंले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्कर ऐरीले बताउनुभयो । आत्महत्या रोकथामका लागि परिवारका सबै सदस्यहरु जिम्मेवार बन्नुपर्ने, मानसिक बिचलन भएकाहरुलाई मनोपरामर्श प्रदान गर्नुपर्ने, सामाजिक, पारिवारिक र व्याक्तिगत सम्बन्धहरु सुधारमा समयमै पहल गर्नुपर्ने जस्ता आवश्यकता रहेको मनोबिदहरु बताउछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?