मन्त्रीमण्डल विस्तार नहुँदै बडूलाई फेसबुकमा बधाइ

दार्चुला । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूले मन्त्रीमा नियुक्त नभइकनै सामाजिक सञ्जालमा बधाइको ओइरो लागेको छ । शुक्रबार रातिबाट सामाजिक सञ्जाल फेसबुकमा बडूले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाएको भन्दै शुभचिन्तकहरुले बधाइ दिएको देखिएको छ । तर शनिबार विहानसम्म मन्त्रिमण्डल नै विस्तार भइसकेको छैन् ।

सामाजिक सञ्जाल फेसबुकमा बधाइ आएपनि नेता बडू मन्त्रीमा नियुक्त भइनसकेको उहाँका स्वकीय सचिव केशरसिंह भण्डारीले पुष्टि गर्नुभयो । मन्त्रिमण्डल नै विस्तार भएको छैन, मन्त्रिमण्डल विस्तार नभइकनै मन्त्रिमा नियुक्त कसरी हुनुहुन्छ र ? उहाँले भन्नुभयो, मन्त्री बन्ने सम्भावना रहेको कुराहरु आइरहेका छन तर अहिलेसम्म मन्त्री नियुक्त हुनुभएको छैन् । सामजिक सञ्जालमा एक जनाले बधाइ लेखेपछि सबैले लेखेको उहाँ निकटस्थ नेताहरुले बताएका छन् । सामाजिक सञ्जालमा हातले लेखेको मन्त्रीको सूची भाइरल भएको छ । सोहि सूचिमा नेता बडूलाई शिक्षा मन्त्रीको जिम्मेवारी दिइएको उल्लेख भएको र सोहि आधारमा प्रचारवाजी भइरहेको नेताहरु बताउछन् ।

गृह जिल्ला दार्चुला भएका नेता बडू सामानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बन्नुभएको छ । नेता बडूको नाम मन्त्री बन्ने चर्चामा रहेपनि अहिलेसम्म मन्त्रीमण्डल विस्तार भइसकेको छैन् । मन्त्रीमण्डल बिस्तार भइसकेपछि नेता बडूले जिम्मेवारी पाउने नपाउने कुरा स्पष्ट हुने उहाँको सचिवालयले जनाएको छ । नेपाली काग्रेशका सभापती शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको डेढ महिना वितिसक्दा समेत मन्त्रीमण्डलले पुर्णता पाउन सकेको छैन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?