दार्चुला । महाकाली लोकमार्ग अन्तरगत गोकुलेश्वर खलंगा सडकखण्डमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ६ दुदलिङ गाड क्षेत्रमा सडक माथिबाट खसेको पहिरोले एक सय मिटर सडक पुरिएपछि यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यस्तै शुक्रबार रातीको बर्षाका कारण पहिरो खसेर मालिकार्जुन गाउँपालिका अन्तरगत समेत सडक अवरुद्ध भएको बताइएको छ ।
शनिबार विहान पौने ७ बजेतिर खसेको पहिरो पन्छाउनका लागि दुई वटा स्काभेटर मेसिन प्रयोग गरिएको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध हुँदा यातायातका साधनहरु बिच बाटोमै रोकिएका छन् । भने गन्तब्यमा पुग्नुपर्ने यात्रुहरु अलपत्र परेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया