महाकाली लोकमार्ग खुलाउने काम जारी, सडक आइतबारमात्रै सञ्चालन हुने

दार्चुला । महाकाली लोकमार्ग अन्तरगत गोकुलेश्वर–खलंगा सडकखण्डमा पहिरोका कारण शनिबार विहानदेखि सडक अवरुद्ध भएको छ । पनेबाँज नजिक शैल्यशिखर नगरपालिका–६ दुदलिङगाड क्षेत्रमा सडक माथिबाट खसेको पहिरोले झण्डै एक सय मिटर सडक पुरिएपछि यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्कर ऐरीले जानकारी दिनुभयो । शनिबार विहान ७ बजेतिर खसेको पहिरो पन्छाउनका लागि दुई वटा स्काभेटर मेसिन प्रयोग गरिएको भएपनि शनिबार यातायात सञ्चालन हुने सम्भावना नरहेको प्रहरी निरीक्षक ऐरीले बताउनुभयो ।

शुक्रबार रातीदेखिको बर्षाका कारण शनिबार बिहान पहिरो खसेर सडक अवरुद्ध हुँदा यातायातका साधनहरु बिच बाटोमै रोकिएका छन् । भने गन्तब्यमा पुग्नुपर्ने यात्रुहरु अलपत्र परेका छन् । सडक अवरुद्ध हुँदा सयौँ यात्रु समस्यामा परेका छन् । सडक खुलाउन शनिबार दिनभरी काम गरेपनि सम्भव नभएको र आइतबारसम्म सडक सूचारु हुनसक्ने प्रहरीले जनाएको छ ।

यसैबिच शुक्रबार रातीको वर्षाका कारण लेकम गाउँपालिका ५ मा रहेको हुनैनाथ आधारभुत विद्यालय पिर्तोलीको भवन जोखिममा परेको छ । भवनको पछाडी पट्टी भिर भत्कीएर दुई कोठे भवन जोखिममा परेको विद्यालयका प्रधानाद्यापक कृष्णदत्त बिष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?