दार्चुला । शनिबार विहान पौँने ७ बजे खसेको पहिरोको कारण अवरुद्ध भएको महाकाली लोकमार्ग पहिरो पन्छाएसंगै आइतबार दिउँसोदेखि सञ्चालनमा आएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ६ दुदलिगाडमा सडक माथीबाट पहिरो खस्दा दार्चुला सदरमुकाम जोड्ने गोकुलेश्वर खलंगा सडक अवरुद्ध भएको थियो ।
अवरुद्ध सडक खुलाउन शनिबार विहानैबाट सडक डिभिजन कार्यालय पाटनको डोजरले पहिरो हटाएपछि आइतबार दिउँसोबाट सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सडक सञ्चालन भए संगै बाटोमै अलपत्र परेका सवारी साधन र यात्रुहरु गन्तव्य तर्फ प्रस्थान गरेका छन् । बेलाबेला महाकाली लोकमार्ग अवरुद्ध हुने गरेकोले यात्रु र यातायात व्यवसायीहरुले सास्ती भोग्दै आएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया